Logo

१३ असार, बारा । यस वर्ष बारा जिल्लामा ८६ हजार ६ सय ९५ मेट्रिकटन मकै उत्पादन भएको छ ।

जिल्लाका किसानले यो वर्ष १४ हजार ४ सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरेर उक्त परिमाणमा मकै उत्पादन गरेका कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

केन्द्रका अनुसार ५ हजार ८ सय ६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार ५ सय ४ मेट्रिकटन उत्पादन भएको हो । यसैगरी, ८ हजार ६ सय ३० हेक्टरमा गरिएको बर्खेमकैबाट ४९ हजार एक सय ९१ मेट्रिकटन उत्पादन भएको छ ।

गत वर्ष किसानले हिउँदे मकै ५ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी ३७ हजार ४ सय ४० मेट्रिकटन उत्पादन गरेका थिए ।

गत वर्षको तुलनामा यस वर्ष अधिक जमिनमा खेती गरिएको भए पनि अपेक्षाकृत उत्पादन नभएको केन्द्रले जनाएको छ ।


सम्बन्धित समाचार