Logo

१३ साउन,काठमाण्डौ । शेयर बजारमा दोस्रो सकारात्मक सर्किट ब्रेक लागेको छ । दोस्रो पटक सर्किट ब्रेक लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ ।

आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि फेरि खुलेको शेयर बजार ११ बजेर २२ मिनेटमा ५ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

नेपाल राष्ट्र बैंकले गएको शुक्रवार मौद्रिक नीति ल्याएको थियो । मौद्रिक नीतिपछि आज शेयर बजारमा सर्किट ब्रेक लागेको हो । शेयर बजार अहिले १ सय २९ अङ्कले बढेर २ हजार ६ सय ९७ विन्दुमा पुगेर रोकिएको छ ।

अहिले कार्यान्वयनमा रहेको ’सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।


सम्बन्धित समाचार