Logo

फाइल तस्बिर

१६ साउन,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न ९ बडेर्वा गाउँ बाट वन गस्ती टोलिले तीन थान सालको काठ सहित दुई वटा मोटरसाईकल गए राति बरामद गरेको छ ।

काठ तस्कर हरुले बिन्दबासिनी कोईलाभार साझेदारि बन क्षेत्रको गुलेरिया बाट सालको काठ कटान गरि ना २ प ५७८ र ना ७ प ९८८४ नम्बरको दुई वटा मोटरसाईकलमा तीन थान काचो सालको काठ करिब १२ क्युफिट लोड गरि डोकैला बहुवरी तर्फको फर्निचरमा लग्दै गरेको अवस्थामा सब डिबिजन बन कार्यालय बडनिहारका जम्दार जितबहादुर तमाङ्गको कमान्डमा खटेको बनगस्ती टोलिले बरामद गरेको हो ।

काठ तस्कर र मोटरसाईकल बरामद गर्ने क्रममा काठ तस्कर र बन कर्मी बिच झडप समेत भएको र काठ तस्कर र बडेर्वा गाउका गाउले हरु बन कर्मी माथी नै जाई लागे पछि तस्कर हरु काठ र मोटरसाईकल छाडि भाग्न सफल भएको र फरार तस्कर हरुको पहिचान भईसकेको र उनिहरुको खोजी कार्य भई रहेको जम्दार तमाङ्गले बताएका छन ।

काठ र मोटरसाईकल आवस्यक कार्वाहीको लागि सब डिबिजन बन कार्यालय बडनिहारमा राखियको छ ।


सम्बन्धित समाचार