Logo

६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ। सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो ।

संसदमा प्रतिनिधित्व गर्ने अरु राजनीतिकदलहरुले संसदीय दलको नेता चयन गरिसकेको अवस्थामा माओवादी केन्द्रले सांसदहरुले सपथ खाएपछि मात्र दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले बिहिबार दिउँसो ४ बजे दलको नेता चयनका लागि संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्वाचित सांसदहरुलाई खवर पठाइएको छ ।

दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । उनलाई दलको नेतामा चुनौती दिने माओवादीमा कोही पनि देखिएका छैनन्।

माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकबाट १४ गरी ३२ सांसद छन् ।


सम्बन्धित समाचार