Logo

८ पुष, वीरगञ्ज । बारामा आज साँझ गोली हानी एकजना भारतीय नागरिकको हत्या भएको छ ।

महागढीमाई नगरपालिका वडा नंं २ स्थित भुतही पुल नजिक साँझ करिब ६ बजे भारतको छौडादाना पिप्राका ४५ बर्षीय शिवपुजन यादवको गोली हत्या गरिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी गराउनु भयो ।

खाजा खाएर होटलबाट निस्केका यादवलाई दुईवटा मोटरसाइकलमा आएका व्यक्तिले भारतीय नागरिक यादवमाथी गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

छातीमा गोली लागेर गम्भीर घाईते भएका यादवलाई उपचारकालागि नौतन स्थित एलएस न्युरो अस्पतालमा ल्याइएकोमा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यादव भारतीय प्रहरीको खोजी सुचीमा रहेको र लुकेर आफन्तको घरमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार