Logo

१६ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीको राजीनामा एमालेले अस्वीकृत गरेको छ । जिल्लाको नेतृत्वले मनपरी ढंगले पार्टी चलाइरहेको कारण राजीनामा दिएको एमाले शीर्षस्थ नेतृत्वलाई जानकारी गराएपछि पूर्व मेयर सरावगीको राजीनामा अस्वीकृत गरिएको हो ।

राजीनामा अस्वीकृत भएको जानकारी गराउँदै एमाले पार्टी महासचिव शंकर पोखरेलले पूर्व मेयर सरावगीले उठाएको माग बारे पार्टी गहन छलफल गर्ने प्रतिबद्धता जनाए ।

महासचिव पोखरेल पूर्व मेयर सरावगीलाई एमाले बस्न आग्रह गर्दै भने, ‘तपाइले जिल्ला नेतृत्वको बारेमा भनेको मुद्दाहरु गम्भीर छन्, केन्द्रले त्यसको छिनोफानो गर्नेछ । तर तपाइहरु जस्तो कार्यकर्ता पार्टी छोड्नु हुँदैन् । पार्टीलाई अझ बलियो बनाउने काम गरिरहनुपर्छ ।’

महासचिव पोखरेलसहितका नेतृत्वलाइ पूर्व मेयर सरावगीसंग गएका टोलीहरुले जिल्लाको नेतृत्वले एमालेलाई सखाप पार्ने तथा गुट उपगुटको राजनीतिक गरिररेको गुनासो गरेका थिए । जिल्लाको ‘डेलिगेसन’ टोलीले केन्द्रका शीर्षस्थ नेतृत्वलाई यस्तो गुनासो गरेपछि एमाले महासचिव पोखरेलसहितका शीर्षस्थ नेतृत्वले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

पूर्व मेयर सरावगीको नेतृत्वमा गएको टोलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, शंकर पोखरेल, रघुविर महासेठसहितका शीर्षस्थ नेतृत्वसंग भेटघाट गरेको थियो ।


सम्बन्धित समाचार