Logo

४ असोज, जनकपुरधाम । मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका लागि शुक्रबार निर्वाचन हुन लागेको छ।

मधेस प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरुमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन सभामुख रामचन्द्र मण्डलद्वारा शुक्रबार साँझ ६ बजे तोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

यस समितिका सभापति जनमत पार्टीका सांसद सतिशकुमार सिंह प्रदेशको मुख्यमन्त्री भएपछि पद रिक्त भएको थियो।

प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४९ बमोजिम प्रदेशसभा सचिवालयले यस पदको निर्वाचन तालिकासमेत जारी गरेको छ। जसअनुसार, बिहान १० बजेदेखि ५ बजेसम्म समितिका सदस्यहरुबाट मनोनयन दर्ता गर्ने तालिका रहेको उपसचिव विपिनकुमार ठाकुरले जानकारी दिए।

अपराह्न साढे ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र ६ बजे सभापति पदको निर्वाचन हुने ठाकुरले बताए। निर्वाचन प्रदेशसभाको अर्थ तथा योजना समितिको सभाकक्षमा हुने जनाइएको छ।


सम्बन्धित समाचार