Logo

५ असोज, वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साको विभिन्न नाकाबाट १७ लाख २७ हजार २८० रुपैया बराबरका सामान शुक्रबार पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले वीरगञ्ज १६ ईनर्वा स्थित बिभिन्न सीमा नाकाहरुबाट भन्सार छलिका अबैध समान पक्राउ गरेको हो ।

ना ५७ प ५३२६ नं.को मो.सा.मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको १४ लाख ६४ हजार ७ सय ७० रुपैया बराबरको किराना सामान, कपडा, जुता र बिभिन्न किसिमको औषधि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त समान ओसापसारमा प्रयोग भएका मोटरसाईकललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी वि.ओ.पि सिर्सियाबाट खटिएको टोलिले २ लाख १० हजार ५१० रुपैया बराबरको कपडा नियन्त्रणमा लिएको छ भने वि.ओ.पि. अमरपट्टीबाट खटीएको टोलीले ५२ हजार बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

विभिन्न नाकाबाट पक्राउ गरिएका मोटरसाईकल सहित उक्त समान शुक्रबार साँझ वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार