१३ पुष ,वीरगन्ज । प्रहरीले बिरगन्ज–२५ सिर्सिया खल्वाटोला निवासी १४ वर्षिय निरज कुमार पासवानको हत्यामा सलंग्न रहेको आरोपमा २ जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले बिरगन्ज–१७ अलौँका २४ वर्षिय कृष्ण भन्ने श्याम प्रसाद यादव र धोबिनी गाउँपालिका–१ घोडदौडपिप्रा निवासी ३० वर्षिय दिलिप कुमार पटेललाई पक्राउ गरेको हो ।
पुष १० गते निरजको शव अपरहण भएको ३४ दिनमा श्री गुरुकुल पन्ना मेमोरियल ई बोडिङको पुरानो भवनको सेफ्टी ट्यांकीभित्रबाट प्रहरीले बरामद गरेको थियो । मसिंर ५ गतेबाट निरज बेपत्ता भएको जाहेरी मृतकका बुबाले दिएपछि उनको अपहरण भएको आशंकामा प्रहरीले खोजी कार्य सुरु गरेको हो ।
अपरहण भएको १२ दिनबाट पटकपटक मृतकका बुबा श्रीरामलाई फिरौतीको लागि ५० लाखको रकम माग गरिएको श्रीरामले बताए । फिरौतीको रकम असुली गर्नका लागि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाहको जानकारी दिए ।
फिरौती रकम माग गर्न प्रयोग भएको सिमकार्ड सहितको मोबईल १ थान, निलो रगंको जिन्स पाइन्ट र खैरो रगंको पेटी सहित दिलिप र श्यामलार्ई प्रहरीले बिरगन्ज–१७ बाट पक्राउ गरेको हो ।
मृतकलाई हात, खुट्टा र मुखमा पट्टी बाधीँ राखिएकोमा उनले सो पट्टी फुकाई भाग्न खोजेकोमा पहिचान खुल्ने डरले उनको हत्या भएको प्रहरीको दावी छ ।
सो घटनामा थप एकजनाको सलंग्नता रहेको प्रहरीको भनाई छ । फरार अभियुक्त को पहिचान भईसकेको र उनको खोजी कार्य भईरहेको प्रहरी उपरिक्षक कोमल शाहले बताए ।
पक्राउ परेका उनीहरुलाई भने शरिर बन्धक बनाई कर्तव्य ज्यान सम्बन्धि मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



















