Logo

७ असोज, सिमरा । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले बारा जिल्ला समिति गठन गरेको छ । गायक देवेन्द्र कार्कीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

स्थानिय कला र संस्कृतिको जगेर्ना तथा कलाकारको सम्मानार्थ प्रतिष्ठान विस्तार गरेको गायक तथा प्रतिष्ठान मधेसप्रदेशका अध्यक्ष रुद्रसेन विश्वकर्माले बताए । प्रदेशका ५ जिल्ला समिति गठन गरिसकिएको र बारा पछि बाँकी २ जिल्लामा पनि गठनको प्रकृयामा रहेको उनले बताए ।

केन्द्रिय सदस्य कृष्ण प्रसाद गौतमको विशेष उपस्थितिमा गठन भएको समितिको उपाध्यक्षमा कलाकार लक्ष्मीकान्त प्यारेलाल, महिला उपाध्यक्षमा सरिता लामा, सचिवमा लक्ष्मी खरेल, सह–सचिवमा तिर्थ बहादुर अधिकारी, कोषाध्यक्षमा सुशिला पौडेल चयन भएका छन् ।

त्यस्तै सदस्यमा कलाकारहरु शोभा गौली, राजिव चौधरी, राज गुप्ता, प्रमोद जख्मी, राज विजेश महतो, अर्जिना थापा, सन्तोष पौडेल चयन भएका छन् ।

गितकार राम प्रसाद अधिकारीको संयोजकत्वमा चयन भएको सल्लाहकार समितिको सदस्यहरुमा दिपाञ्जल लामा, लेखनारायण रंजितकार, विकास पाण्डे र चयन मगर रहेका छन् ।
केन्द्रिय सदस्य गौतमका अनुसार स्थानिय कलाकारको हितका लागि पेरीफेरीका कलाकारहरु नै एक हुनुपर्छ ।

दोहोरीका साथै लोक गित, स्थानिय संस्कृतीको जगेर्नाका निमित्त प्रतिष्ठान सकृय रहने गौतमको भनाई छ । उक्त समयमा निवर्तमान केन्द्रिय सदस्य इन्द्र सिलवाल समेतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार