Logo

१२ असोज, काठमाडौँ । ललितपुरमा पहिरोका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चुनिखेलमा पहिरोले घर बगाउँदा ४८ वर्षीया महिलाको मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई जानकारी दिए ।

यसैगरी पहिरोमै परेर चापागाउँको टाखेलमा ५४ वर्षीया महिला र छम्पीमा एक जना महिलाको मृत्यु भएको छ ।

छम्पीमा पहिरो खस्दा घरमा बसिरहेका आमा छोरा मध्ये छोराले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार