Logo

केही दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका-११ बुद्धनगरस्थित तिनाउ नदीमा बढेको पानीको सतह । पानीको सतह बढेसँगै तिनाउ नदी छेउछाउका बस्तीहरु जोखिममा परेका छन् । तस्बिर : सुमित्रा अधिकारी /रासस

१३ असोज, काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म १०२ जनाको मृत्यु भएको छ, भने ६४ जना बेपत्ता भएका छन् । विपद्मा परी ४५ घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।


सम्बन्धित समाचार