Logo

१४ असोज,वीरगञ्ज । पर्साको दोस्रो सदरमुकामको रुपमा चिनिएको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालको स्तरोन्नती गर्न माँग गर्दै धर्ना कार्यक्रम शुरु भएको छ ।

अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माँग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आइतबारदेखि धर्ना कार्यक्रम शुरु गरेको हो ।अस्पतालको स्तरोन्नितको लागि अनिशचितकालीन धर्ना कार्यक्रम आईतबारदेखि दैनिक दुई घण्टा शुरु गरिएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानीले बताए ।

कार्यक्रम अन्र्तगत सोमबार पनि दिउँसो एक बजेदेखि तीन बजेसम्म अस्पताल परिसरमा धर्ना दिइएको उनले बताए ।पोखरिया अस्पतालमा सहज उपचार सेवा तथा अस्पतालमा चिकित्सकदेखि ओषधि लगायतको ब्इावस्थाको बारेमा बिगत लामो समयदेखि माँग गर्दै आएको भएपनि कुनै सु्नुवाई नभएपछि दबाब स्वरुपा अस्पताल परिसरमै धर्ना दिइएको समानीले बताए ।

अस्पताल भवनको निर्माण,अस्पताललाई कर्मचारी भर्ती केन्द्र हुनबाट रोक्नको लागि धर्ना शुरु गरिएको उनको भनाई छ ।पोखरिया असपतालमा पर्साको ग्रामीण भेगका बिरामीहरु पुग्ने गरेका छन । तर अस्पतालमा भौतिक सँरचनासँगै चिकित्सक,औषधिको कमि लगायतका समस्याहरुका कारण बिरामीले उचित उपचार नपाउने गरेको स्थानीयहरुको गुनासो छ ।

पोखरिया असपतालमा पोखरिया नगरपालिका,धोबिन गाउँपालिका,ठोरी,पकहा मैनपुर,कालिकामाई गाउँपालिका लगायतका स्थानहरुबाट बढी बिरामीहरु पुग्ने गरेका छन ।तर अस्पतालमा उपचार अभावका कारण उनीहरुलाई सदरमुकाम वीरगञ्जका तथा भारत बिहारका अस्पताल तथा क्लिनिकहरुमा जानुपर्ने बाध्यता रहि आएको छ ।


सम्बन्धित समाचार