Logo

१५असोज,काठमाडौं। मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।


सम्बन्धित समाचार