१७, पुष वीरगञ्ज । आम जनता पार्टीले आज मधेश प्रदेशको ८ जिल्लाकै अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेको छ । पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले आज जारी गरेको विज्ञप्तीमा पर्सा जिल्लामा सयोंजकतर्फ कदम रसुललाई जिम्मेवारी दिएको छ भने सचिवमा विश्वराज पटेल र बाबुराम कौशिकलाई जिल्ला ईन्चार्ज तोकिएको छ ।
पार्टीको अन्तरीम विधान २०७९ बमोजिम मधेश प्रदेशको ८ जिल्लाकै जिम्मेवारी दिईएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए ।
यसैगरी पार्टीले बारा जिल्लामा सयोंजक उमेश कुशवाहा, सचिवमा राजकिशोर साह र ईन्चार्जमा अशोक लामालाई जिम्मेवारी दिएको छ ।
त्यस्तै रौतहटतर्फ धर्मेन्द्र पटेलकको सयोंजकत्वमा, पलट चौधरी सचिव र जिल्ला ईन्चार्ज त्रिभुवन साह अमरले जिम्मेवारी सम्हाल्ने छन् ।
सर्लाहीमा भने तुल्सी प्रसाद हुमागाई सयोंजक, नविन साह जिल्ला सचिव र रिता देविलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।
यसैबिच महोत्तरीमा सयोंजक विजय साह, सचिव प्रमोद महतो र ईन्चार्जमा राधेश्याम सााहलाई जिम्मेवारी पाएका छन् ।
पार्टीले धनुषा जिल्लामा बलदेव साहलाई सचिवतर्फ र श्रीलाल महासेठलाई भने जिल्ला सयोंजकका साथै ईन्चाजको समेत जिम्मा दिएको छ ।
यस्तै सिरहामा उदय साहलाई सयोंजक, धर्मेन्द्र महरा सचिव र जिल्ला ईन्चार्जमा बिल्टु यादवलाई जिम्मेवारी दिइएको छ ।
सप्तरीमा शिव कुमार महरा सयोंजकत्वमा, सुनिल राज दास सचिव र जिल्ला ईन्चार्जमा आर. डि.आजादलाई जिम्मा तोकिएकोे अध्यक्ष साहले बताए ।


















