२१ कात्तिक, काठमाडौँ । पछिल्लो समय इजरायलले उत्तरी गाजापट्टीको बेत लाहिया शहरकोे एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार भत्किएको घरहरुको भग्नावशेषमा धरै मानिस पुरिएकाले मृतकको संख्या अझै बढ्ने संभावना रहेको बताइएको छ ।
यता इजरायली सेनाले उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सन् २०२३ अक्टोबर ७ देखि दक्षिणी इजरायली सिमानामार्फत हमासको आक्रमणको बदला लिन इजरायलले गाजा पट्टीमा हमास विरुद्ध आक्रमण शुरु गरेको थियो ।
आक्रमणमा परि करिब एक हजार दुई सय मानिस मारिएका छन भने २५० जनालाई बन्धक बनाइएको थियो । यसैगरि गाजामा जारी इजरायली आक्रमणबाट झण्डै ४४ हजार प्यालेस्टिनीको मृत्यु भइसकेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।