Logo

२३ पुस, वीरगञ्ज । नेकपा माओवादी केन्द्रले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।

माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँचसदस्यीय कार्यदल गठन गरेको हो।

एउटै चुनाव चिह्नमा चुनाव लडेका नेपाल समाजवादी पार्टी (नेसपा) र माओवादीबीच पार्टी एकताको पहल भइरहेको छ ।

साथै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै कार्यदल बनाएको छ । यही बेला माओवादीले पनि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल बनाएको हो ।

बैठकले पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यतालिका रहेकाले त्यसका लागि प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई पार्टीका तर्फबाट आह्वान गर्ने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिए।


सम्बन्धित समाचार