१४ मंसिर,काठमाडौँ । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरेका छन् ।
तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक असई किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेको अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए।
चन्दले आफैँले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको प्रजिअ लम्सालले बताए । चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैँमाथि गोली प्रहार गरेको र उनको बाँकेको कोहलपुर मेडिकल कलेजमा आइसियुमा राखेर उपचार भइरहेको छ।

















