Logo

२७ पुुस, वीरगञ्ज । वीरगञ्जको घण्टाघरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला कार्य समिती पर्साले पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको हो ।

राम बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नागरीक समाजमा केन्द्रिय प्रवक्ता हिरावहादुर चन्द, महिला नेत्री आरुजु राणा, ज्येष्ठ नागरिक पर्साका अध्यक्ष पशुपती बिक्रम साह, पूर्व प्रहरी संगठन पर्साका अध्यक्ष शत्रुधन सिंह, अवदुल सतार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण नागरीक समाजका अध्यक्ष पन्नालाल पटेलले गरेका थिए ।


सम्बन्धित समाचार