५ पुष, सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा मोटरसाइकलले ठक्कर दिँँदा एकजनाको मृत्यु भएको छ।
लालबन्दी नगरपालिका–६, स्थित फुटबल मैदान अगाडि बिहीबार साँझ ६ बजेतिर भएको दुर्घटनामा परिचय खुल्न नसकेको पुरुषको मृत्यु भएको हो। लालबन्दीबाट परवानिपुरतर्फ जाँदै गरेको बा ९४ प ९२३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ५० वर्षका पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका-१६, परवानिपुरका २१ वर्षीय विनोदकुमार श्रेष्ठ र पछाडि सवार ईश्वरपुर नगरपालिका-१२, घारिबथानका २७ वर्षीय निरज लामा घाइते भएको प्रहरी निरीक्षक सुजन पाठकले बताए। उनका अनुसार दुवैलाई लालबन्दीमा प्राथमिक उपचार गरी काठमाडौं पठाएको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको प्रहरी निरीक्षक पाठकले बताए।