६ पुष, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ अमाडारमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज विहान रोकी राखिएको कार भित्र शव फेला परेको । मृतक पुरुषको पहिचान खुलेको छैन ।
स्थानियले आज विहान बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार रोकिएको अवस्थामा देखे । नजिक गएर त्यसमा एक पुरुष थिए । उनको टाउको गोली लागेको उनीहरु दावी गर्छन । बोल्दा केही नबोपछि स्थानियले प्रहरीलाई खबर गरेका हुन् ।
प्रहरी घटनास्थलमा पुगेको छ । घटनाबारे आधिकारिक पुष्टि भइसकेको छैन । यस विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।