६ पुष,वीरगञ्ज । आशा किरण केन्द्रले आफ्नो दशौं वार्षिकोत्सव समारोह आज भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि प्रख्यात संगीतकार तथा कलाकार आनन्द कार्कीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष सुनिल गुप्ताको सभापतित्वमा सम्पन्न समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । आशा किरणका बालबालिकाहरूले पेन्टिङ्स प्रदर्शन गर्दै नृत्य र संगीतका माध्यमबाट अतिथिहरूलाई स्वागत गरेका थिए ।
कार्यक्रममा वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगी, क्वेष्ट फर्मास्यूटिकल्सका प्रमुख पृथ्वीराज भण्डारी, एसपी वर्मा, गणेशप्रसाद लाठ, रमेश अग्रवाल लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । पुर्व मेयर तथा उद्योगपति सरावगी र भण्डारीले संस्थाका बालबालिकाहरूको विकासका लागि सबैले मिलेर अघि बढ्नुपर्ने र उद्योगहरूको सामाजिक उत्तरदायित्व मार्फत थप सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा वर्षभरि विभिन्न माध्यमबाट सहयोग पु¥याउने व्यक्ति तथा आजीवन सदस्यता प्राप्त गर्नेलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि आनन्द कार्कीले बालबालिकाको क्षेत्रमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयोे । कार्यक्रमको सञ्चालन महासचिव राजन श्रीवास्तव र उज्वल कुमारले सहजीकरण गरेका थिए ।
सिद्धार्थ माध्यमिक विद्यालयको प्राङ्गणमा अवस्थित संस्था आशा किरण सामाजिक संस्थाले सुस्त मनस्थिति, मस्तिष्क पक्षघात र मानसिक विकलांग बालबालिकाहरूको स्याहारसुसार गर्दै आएको छ ।