Logo

७ पुष,वीरगञ्ज । प्राकृतिक श्रोत ब्यवस्थापन महिला तथा सिमान्तकृत समुदायका सवालहरु पहिचानका लागि बहुसरोकारवालाहरुसंग सम्बाद कार्यक्रम पर्सागढिमा सम्पन्न भएको छ ।

युएसएड जल जंगल परियोजना पोखरा र पर्सागढी नगरपालिका कार्यालयको सहकार्यमा आज पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित रहेको ईन्दु झाब्राहा जंगल सफारी रिसोर्टको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता पर्सागढि नगरपालिका नगर प्रमुख गोकर्ण पाठकले गर्नुभएको थियो ।

नगरप्रमुख पाठकले जल र जङ्गल मानिसको जिवनमा चाहिने अति आवस्यक बस्तु रहेको हुनाले बन बिनासकै कारण अहिले जलबायु परिवर्तन भएको र यसको असर मानव जिवनमा परेको कारण जिबिको पार्जनमा समेत असर परेको बताउनुभयो ।

बन बिनासकै कारण पानीका मुहानहरु सुकेर जंगली जनावरहरु गाउँबस्ती पसेर मानवीयदेखि बालीहरुमा समेत क्षति पु¥याउने गरेको हुँदा बन संरक्षणमा ध्यान दिन सरोकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा युएसएड जल जंगल परियोजनाका कार्यक्रम सयोजक मान बहादुर बिक र सुनिल चौधरीले पर्सागढिमा जंगलसंग जोडिएका वडा नम्बर १, २, ३, ४ का जनप्रतिनिधि, महिला र सिमान्तकृत ब्यक्तिहरुलाई जैविक बिबिधता, वातावरणीय अपराध, जलबायु परिवर्तन र लैङ्गगिक समानता विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख पुजा चौधरी वडा नम्बर १ का वडा अध्यक्ष राजकपुर खवास वडा न २ का वडा अध्यक्ष बिरेन्द्र महतो वडा न ३ का वडा अध्यक्ष शुकमान तमाङ्ग र वडा न ४ का वडा अध्यक्ष सेख खुर्सेद, कार्यपालिका सदस्य सिता लामा, लक्ष्मी बिक पर्सागढि नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण पौडेल लगायत महिला, बालक्लब र सिमान्तकृत समुयादका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 


सम्बन्धित समाचार