Logo

२८ पुस, काठमाडौं । बलात्कार आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने घरौटीमा रिहा भएका छन् । यस अघि पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले बिहीबार बदर गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश धु्रवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो ।

उच्च अतालतले उनीसँग २० लाख रुपैयाँ धराैटी माग गरेको छ भने मुद्धाको टुंगो नलागे सम्म विदेश जान रोक लगाइएको उच्च अदालत पाटनले जनाएकाे छ ।

लामिछानेको तर्फबाट उक्त आदेशविरुद्ध बलात्कार आरोप लगाउने युवती नाबालिक नभएको जिकिरसहित पुनरावेदन निवेदन गरिएको थियो । वेरितको आदेश बदर माग गर्दै लामिछानेको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटकपटक स्थगित भएको थियो । आजको सुनाई पछि लामिछाने थुना मुक्त भएका हुन ।


सम्बन्धित समाचार