Logo

११ माघ, काठमाडौँ । भारतको जम्मुमा एक महिनाको अवधिमा १७ जनाको शंकास्पद मृत्यु भएपछि छानबिन थालिएको छ । जम्मुको रजौरी जिल्लाको बधाल गाउँमा गत डिसेम्बर ७ तारिखयता उस्तै लक्षण देखिएका १७ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये १२ जना बालिबालिका रहेका छन् । विरामीहरुमा सुरुमा फुड पोइजनिङको जस्तो लक्षण देखिने र पछि बेहोस भएर मृत्यु हुनेगरेको बताइएको छ ।

अधिकारीहरुले विषाक्त पानी वा खानाको आशंकामा छानबिन थालेका छन् । यो रोग सरुवा रोग नभएकोले संक्रमणको त्रास नरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । स्थानीय एउटा खोलाको पानीमा विषादीको मात्रा अत्यधिक भेटिएको पनि बताइएको छ ।


सम्बन्धित समाचार