Logo

३ माघ, वीरगञ्ज । यती एयरलाइन्सको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको शव परिवारलाई हस्तान्तरण गरिएको छ । पोखरा महानगरपालिका–११ फुलवारी घर भएका पौडेलको शव पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको कास्कीका एसपी अजय केसीले बताए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एंव नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पत्रकार पौडेलको शवलाई आज बिहान ९ .३० बजे नेपाल पत्रकार महासंघ कास्कीको कार्यालयमा राखेर श्रद्धान्जली प्रकट गर्ने कार्यक्रम रहेको छ । स्वर्गीय पत्रकार पौडेलको आज पोखरा स्थित रामघाटमा अन्तिम संस्कार गरिने पत्रकार महासंघ कास्कीले जनाएकाे छ।

आइतबार पोखरा महानगरपालिकास्थित सेतीको खोंचमा यति एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका ६९ जनाको शव भेटिएको छ । अरु ३ जनाको शवको टुक्रा फेला परेको छ । विमानमा चालक दलका सदस्यहरु सहित ७२ जना सवार थिए । पत्रकार पौडेल काठमाडौंबाट पोखरा फर्किँदा दुर्घटनामा परेका हुन् ।


सम्बन्धित समाचार