Logo

२३ माघ, वीरगञ्ज । यसपालि हिउँदे वर्षा नहुँदा किसानहरु मर्कामा परेका छन् ।

वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि बारा, पर्सा, रौतहट लगायतका किसानहरु अहिले अपेक्षित हिउँदेबाली नहुने चिन्ताले पिरोलिएका छन् । हिउँदे पानी नपर्दा गहुँ, उखु र दलहन बाली राम्ररी बढ्न सकेको छैन ।

यसैगरी भण्टा, रामतोरीया, खुर्सानीलगायत तरकारी पानी नपर्दा ओइलिन लागेको किसानहरुको भनाई छ । माटोमा चिस्यान नहुँदा पर्खनुको विकल्प नरहेको बहुदरमाई नगरपालिकाका किसान जितबहादुर यादवले बताए ।

भर्खरै हुर्कदै गरेका वैशाखी लहरे तरकारी, उखु , आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । तर, यसपाली वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने किसानमा चिन्ता बढेको छ ।


सम्बन्धित समाचार