Logo

८ माघ, वीरगञ्ज । सोनाम ल्होछारको अवसरमा आज वीरगन्जमा पनि शान्ति ¥याली निकालिएको थियो । भिस्वा स्थित टाँसी साङ थर्वालिङ्ग बौद्ध गुम्बा समितिको आयोजनामा वीरगन्जको माईस्थानबाट निकालिएको ¥याली घण्टाघर, लिंक रोड, बसपार्क, त्रिशुल चोक हुदै भिस्वा डाँडामा रहेको गुम्बामा पुगेर समापन भएको छ ।

¥याली समापन पश्चात गुम्बामा ल्होछार पूजा शुरु भएको थियो । बिहान साढे ९ बजेदेखि पूजा अर्चना गरिएको थियो । त्यस्तै समितिले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको टाँसी साङ थर्वालिङ्ग बौद्ध गुम्बा समितिका अध्यक्ष राम बहादुर लामाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार