Logo

१६ माघ, पचगावाँ । पर्साको पटेर्वासुगौली गाउँपालिका–४ मा सिकाई निरंतरता अभियान पढाई मेला कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय आधारभुत विद्यालय सुगौली दापको प्राङ्गणमा एक दिनको कार्यक्रम सम्पन्न भएको हो ।

एनसेट नेपाल, एजुकेसन नेपाल, र युनिसेफ नेपालको सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादवले बाल बिकासदेखि कक्षा ३ सम्मका बालबालिकाले पठन सिपको विकास, आफ्नो ज्ञान सिपको प्रदर्शनी गरेको देख्दा खुसी व्यक्त गर्नुभयो ।

बाल विकासमा अध्ययनरत् बालबालिका एक मिनेटमा ६० वटा अक्षर पढेर प्रथम भएको, कक्षा अनुसार उनीहरुलाई राम्रो उपलब्धि प्राप्त गरेको र आगामी दिनमा पनि अझै राम्रो गर्न उहाँले सुझाव दिनुभयो ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष गौरीसंकर दासको अध्यक्षतामा कार्यक्रम सम्पन भएको कार्यक्रम संयोजक मित्रदेव यादवले बताउनु भएको थियो । कार्यक्रम संन्चालन शिक्षक दुखा चौधरीले गर्नु भएको थियो ।


सम्बन्धित समाचार