Logo

१७ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रीमा पुनर्नियुक्ति नपाए सरकार छाड्ने चेतावनी दिएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा सभापति लामिछानेले मंगलबार साँझसम्म गृह मन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिनु भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिएको र सल्लाह गर्ने भनेको सभापति लामिछाने निकट स्रोतले जनाएको छ ।नागरिकता विवादमा लामिछानेको सांसद पद गएपछि उहाँले उपप्रधान तथा गृहमन्त्रीबाट समेत राजीनामा दिनुभएको थियो ।

तर लामिछानेले गत आइतबार पुनः नागरिकता लिईसकेकाले गृहमन्त्रीमा पुनः नियुक्ति चाहनु भएको हो । प्रतिनिधि सभामा रास्वपाबाट १९ जना सांसद रहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड भने गृह मन्त्रालय आफ्नै पार्टीमा राख्ने अडानमा हुनुहुन्छ ।


सम्बन्धित समाचार