Logo

२२ माघ, वीरगञ्ज । नेपाल प्रेस युनियनको मधेस प्रदेश समितिको अध्यक्षमा सत्यप्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।
बाराको कलैयामा शनिबार बेलुकी सम्पन्न प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनले बाराका पुराना पत्रकार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सहित २५ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत निर्वाचित भएका हुन् ।उपाध्यक्षमा धनुषाका अजय साह, समावेशी उपाध्यक्षमा सोम दयाली , महिला उपाध्यक्षमा रमीता नेपाल, महासिचवमा बाराका अजय कुमार साह, सचिवमा बाराका सन्तोष पाण्डे ,पुस्तिका केसी र मनोज माझी तथा कोषाध्यक्षमा पर्साका उदय दास थारु पनि सर्वसम्मत चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा पर्साका श्रवण साह, धिरेन्द्र श्रेष्ठ ,विजय साह, गिरिराज ओली, सन्जिव साह,मुकेश झा, शैलेन्द्र सिंह,राकेश गुप्ता, सृजा थापा, बब्लु चौधरी, देवेश मल्लिक,नवीन चौधरी, हरिस खुद्दार,पवन मिश्रा,नरेश चौधरी र उतिमलाल कापरी निर्वाचित भएका छन् ।

यस्तै लेखा समितिको संयोजकमा रन्जन खरेल तथा सदस्यमा राहुल गुप्ता र प्रियंका दास चयन भएको प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेलले जानकारी दिए ।


सम्बन्धित समाचार