Logo

४ जेठ, काठमाडौं । आज विदेशी मुद्राको कारोबार हिजोकै मूल्यमा हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । हिजो कारोबार भएकै मूल्यमा आज सबैजसो विदेशी मुद्राको कारोबार हुने नेपाल राष्ट्र बैंकले जनाएको हो । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ ।

हिजो अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको थियो । आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो । आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा छ । यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा छ ।

यस्तै कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ १२ पैसा छ । आज बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७४ पैसा छ । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर


सम्बन्धित समाचार