प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ जेठ, काठमाडौं । सुनसरीमा विषालु सर्पको टोकाइबाट एक युवतीको मृत्यु भएको छ ।

कोसी गाउँपालिका–२ लौकहीकी २४ वर्षीया आशादेवी साहको सर्पको टोकाइबाट मृत्यु भएको हो । उनलाई शुक्रबार विषालु सर्पले टोकेको थियो । आशालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएपनि उपचारकै क्रममा उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । गर्मी बढेसँगै तराईमा विषालु सर्पदंशका घटना बढ्न थालेकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन् ।

यसैबीच, सप्तरीमा चट्याङ लागेर सात वर्षीय एक बालकको मृत्यु भएको छ । हावाहुरीसँगै हिजो परेको चट्याङ लागेर भारतीय नागरिक जहिद खानका सात वर्षीय छोरा जेनव खानको मृत्यु भएको हो । चट्याङबाट गम्भीर घाइते भएका बालकको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

चट्याङ लागेर स्थानीय गुलु खानका पनि सात वर्षकै छोरा जुबिर घाइते भएका छन् । उनको छिन्नमस्ता अस्पताल राजविराजमै उपचार भइरहेकोे छ ।


सम्बन्धित समाचार