प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१३ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो।

भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्ने मागसहित आज प्रतिपक्षी दलले सदन अवरुद्ध गरेका थिए।

बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री लेखकको राजीनामा माग गरेका थिए।

संसद चल्न नदिए पछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिऊँसो २स्३० बजे बस्ने भनिएको थियो।

सो समय सिमाभित्र पनि बैठक बस्न नसकेपछि सुचना टाँस गरेर भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको हो।

 


सम्बन्धित समाचार