Logo

२६ माघ,वीरगञ्ज । गृहमन्त्रालयले चारजना सशस्त्र प्रहरी उपरीक्षकहरुलाई बढुवा गरेको छ । हिजो बसेको बढुवा समितिले चारजना सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई बढुवा गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक सुरेश कुमार श्रेष्ठ, अञ्जनी कुमार पोखरेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापालाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा गरेको हो । उनीहरुलाई सशस्त्र प्रहरी ऐन, २०७२ को नियमावलीको नियम ३९ को उपनियम (१०) बमोजिम बढुवा गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिनुभयो ।

समितिले बढुवा सिफारिस चित्त नबुझेका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुले सशस्त्र प्रहरी ऐन, २०७२ को नियमावलीको नियम ५५ मा व्यावस्था भए बमोजिम सात दिनभित्र बढुवा समितिमा उजुरी दिन सकिने पनि जनाएको छ ।


सम्बन्धित समाचार