२२ जेठ, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।
पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियारले बिहीबार (जेठ २२ गते) नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको हो।
नेपालको इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो। यसका साथै, मन्त्रिपरिषद्को निर्णयमाथि नै भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पनि यो पहिलो घटना हो।
यो पनि पढ्नुहोस















