Logo

१ फागुन, वीरगंज । पर्साको पर्सागढि नगरपालिकामा २८ औ जनयुद्ध दिवसको उपलक्ष्यमा नेकपा आमोवादी केन्द्र पर्सागढी नगर समितिको अयोजनामा दिप प्रज्वलन गरिएको छ ।

पर्सागढि वडा न ३ बडनिहार चौकमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र पर्सागढिका ईन्चाज सोमलामाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पर्सा निर्बाचन क्षेत्र नं. २ का ईन्चाज अमिताभ बच्चन दासले १० बर्ष जनयुद्धबाट देशमा गणतन्त्र र संघीयता आएको हुनाले माओवादी कै कारण धेरै परिवर्तनहरु आएको बताए ।

उनले परिवर्तनलाई संस्थागत गर्दै क्रमश प्रदेश र संघिय सरकारले सार्वजनिक विदा दिएकोमा सरकारलाई धन्यवाद समेत दिएका थिए ।

दिप प्रज्वलन कार्यक्रममा स्कुलिन बिभाग प्रमुख बलराम आचार्य जनयुद्ध गर्नु परेको कारणको बारेमा आफनो धारणा राखेका थिए ।

कार्यक्रम बिशिष्ट आतिथि प्रेस सेन्टर पर्साका सचिव शिवनाथ यादव, पर्सागढि नगर कमिटिका सचिब बिक्रम कार्की, कोषाध्यक्ष टुक कुमारी कार्की पर्सागढि नगरपालिका वडा न ३ का वडा कमिटी ईन्चार्ज रामजनम खा थारु लगायतको स्थानीय कार्यकताको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार