३० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यसै असार महिनाको तेस्रो साता स्पेन भ्रमणमा जाने भएका छन्।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले हालै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यो जानकारी गराएकी हुन्। प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने विकासका लागि वित्तपोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनु मा सहभागी हुन जाँदैछन्। सम्मेलनमा नेपालले आयोजक समितिको सदस्यका रूपमा सक्रिय भूमिका निर्वाह गर्नेछ।















