Logo

३० जेठ काठमाडौं । इजरायलले इरानमाथि आक्रमण गरेलगत्तै इरानले पनि जवाफी हमला सुरु गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले इजरायलतर्फ १०० भन्दा बढी ड्रोन प्रहार गरेको छ।

टाइम्स अफ इजरायलले इरानले चाँडै नै ठूलो क्षेप्यास्त्र आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। यसअघि आज बिहान इजरायलले २०० लडाकु विमानसहित इरानमा आक्रमण गरेको थियो। न्युयोर्क टाइम्सका अनुसार इजरायली सेनाले तेहरान वरपरका कम्तीमा ६ सैन्य अड्डालाई निशाना बनाएको थियो, जसमध्ये ४ वटा आणविक अड्डा पनि रहेको बताइएको छ। यो पछिल्लो घटनाक्रमले मध्यपूर्वमा तनाव थप बढाएको छ।


सम्बन्धित समाचार
भर्खरै