Logo

३० जेठ,वीरगञ्ज । राष्ट्रिय परिचयपत्र सेवाग्राहीको चाप कम भएसँगै सेवा प्रवाहको समय परिवर्तन गरिएको छ। साथै, रोकिएको परिचयपत्र कार्ड वितरण कार्य पनि अब दैनिक हुने भएको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार, २०८२ असार १ गते (जुन १५, २०२५) देखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बिहान १०स्०० बजेदेखि साँझ ५ः०० बजेसम्म (सार्वजनिक बिदाका दिन बाहेक) सञ्चालन हुनेछ। यसअघि अत्यधिक चापका कारण २०८२ जेठ ५ गते प्रकाशित सूचनाबमोजिम बिहान ७ः३० बजेदेखि साँझ ७ः०० बजेसम्म सेवा प्रवाह हुँदै आएको थियो।

राष्ट्रिय परिचयपत्रको कार्ड वितरण सम्बन्धी कार्य पनि अब प्रत्येक दिन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले सेवा समय परिवर्तन र कार्ड वितरण नियमित भएको जानकारी गराएका हुन्।


सम्बन्धित समाचार
भर्खरै