Logo

३०,जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोधका बाबजुद सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अगाडि बढाएका छन्। प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भएपछि सभामुखले संसद् बैठक सुचारु गराएका हुन्।

सहमतिलगत्तै शुक्रबार अपरान्ह बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले उभिएर अवरोध कायम राखेका थिए। यद्यपि, सभामुख घिमिरेले माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय दिए। केहीबेर अलमलमा परेका पाण्डेले सभामुखको अनुमतिपछि आफ्ना धारणा राखे।

प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरणमा छानबिन होस् भनेर आफूहरूले राखेका विषयमा सरकारले विश्वस्त हुनेगरी सदनमा जवाफ दिन सहमत भएकोले सदन सुचारु गर्न सहमति भएको बताए। भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलले जेठ १३ गतेदेखि प्रतिनिधि सभा अवरुद्ध गर्दै आएका थिए।


सम्बन्धित समाचार
भर्खरै