Logo

३० जेठ, काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरूमा कुनै सत्यता नभएको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्ना विरुद्धमा नियोजित, षड्यन्त्रपूर्वक ढंगले र राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको बताए।

गृहमन्त्री लेखकले भने, ‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगले राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको छ। जसलाई सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु।’

उनले भिजिट भिसासम्बन्धी विषयमा सोधपुछका लागि आयोगबाट कार्यालय प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई बोलाएको सञ्चारमाध्यमबाट थाहा पाएको बताए। सामाजिक सञ्जालमा यसमा आफ्नो पनि संलग्नता रहेको भन्दै आएका अभिव्यक्तिहरूमा कुनै सत्यता नरहेको र उक्त कार्यमा आफ्नो कुनै संलग्नता नरहेको र हुन नसक्ने लेखकले दाबी गरे।


सम्बन्धित समाचार