Logo

फाइल तस्बिर

१० फागुन,काठमाण्डौ । निर्वाचन अयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज (बुधबार) दिउँसो ८८१ जनाको मतदाता नामावली सार्वजनिक गरेको हो ।सङ्घीय संसद्का ३३१ र प्रदेश सभाका ५५० जनाको नाम सार्वजनिक गर्नुभएको छ ।राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउनेछन् ।

P_VP_79_FA

यसैगरी, प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ देखि भोलि (बिहीबार) मध्याह्न १२ बजेसम्मको समय तोकिएको छ ।सो समयमा पर्न आएका निवेदन तथा उजुरीउपर फागुन १२ गते दिउँसो ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।राष्ट्रपतिको पदका लागि यही फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।

P_VP_79_PA

 

 


सम्बन्धित समाचार