Logo

३१ असार,काठमाडौं । भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र उनका सहयोगी टीकाराम राउत लाई २४ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेल का अनुसार उनीहरूलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो।

उनीहरूमाथि भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको मोही र तलसिङको लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी प्रमाणपत्र बनाउन घुस लिएको आरोप लागेको छ।


सम्बन्धित समाचार