Logo

१२ फागुन,काठमाडौँ। सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक आज (शुक्रबार) बस्दैछ । सङ्घीय संसद्का महासचिव भरतराज गौतमले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधि सभा बैठक बस्ने जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको महासचिव गौतमले बताउनुभयो ।


सम्बन्धित समाचार