Logo

७ साउन, काठमाडौं । नेपाल चिकित्सक संघले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएकोमा गम्भीर आक्रोश व्यक्त गरेको छ ।

सरकारका तीन मन्त्रीहरूको उपस्थितिमा भएको सहमति पालना नभएको भन्दै संघले पुनः सशक्त आन्दोलनमा जाने चेतावनी दिएको छ । संघका महासचिव डा। सञ्जीव तिवारीद्वारा बुधबार जारी विज्ञप्तिमा असार २४ गते प्रधानमन्त्रीको निर्देशनमा भएको सहमतिअनुसार सात दिनभित्र कानुनी तथा नीतिगत संशोधनका लागि सुझावसहित प्रतिवेदन पेस गर्न कार्यदल गठन गर्ने भनिए पनि हालसम्म ठोस प्रगति नभएको उल्लेख छ ।

सरकारको विश्वसनीयतामा प्रश्न

चिकित्सक संघले कार्यदल पूर्ण रूपमा निष्क्रिय रहेको ठहर गर्दै उच्च पदस्थ सरकारी अधिकारीहरूसँग भएको सहमतिसमेत पालना नभएको अवस्थामा भविष्यमा उनीहरूको मौखिक वा लिखित प्रतिबद्धताप्रति विश्वास गर्न नसकिने स्पष्ट पारेको छ। विज्ञप्तिमा यस्तो प्रवृत्तिले सरकारको विश्वसनीयता गुम्ने खतरा औँल्याइएको छ । संघले सहमति तत्काल कार्यान्वयन गर्न सबै सरोकारवाला निकायलाई गम्भीर हुन आग्रह गरेको छ । यदि आफूहरूलाई पुनः आन्दोलनमा धकेलिएको खण्डमा यस पटकको आन्दोलन अझ सशक्त हुने चेतावनी पनि संघले दिएको छ ।


सम्बन्धित समाचार