Logo

९ साउन, काठमाडौं । लगातारको सुक्खा र खडेरीले प्रभावित मधेश प्रदेशका किसानका लागि कृषि मन्त्रालयले राहतसहितको बहुआयामिक कार्ययोजना तयार गरेको छ । विपद् सङ्कटग्रस्त क्षेत्रको रूपमा घोषणा गरिसकेको मधेशमा तत्कालीन राहतदेखि दीर्घकालीन समाधानसम्मका कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।

मन्त्रालयले विपद् प्रभावित क्षेत्रमा आवश्यक अध्ययनका लागि प्राविधिक टोली खटाइसकेको छ। टोलीको प्रतिवेदन र रायसुझावका आधारमा किसान केन्द्रित योजना अघि बढाइने सहसचिव डा. रामकृष्ण श्रेष्ठले जानकारी दिए । “हामी तत्काल राहत मात्र होइन, दीर्घकालीन पुनर्निर्माण र वैकल्पिक कृषि प्रणालीको तयारीमा छौँ,“उनले भन्ने ।

मन्त्रालयका अनुसार सिँचाइ अभावका कारण रोपाइँ प्रभावित भएका खेतहरूमा अल्पकालीन सिँचाइ प्रबन्ध तथा वैकल्पिक बाली प्रवद्र्धन गर्ने काम प्राथमिकतामा राखिएको छ । विशेषगरी कम पानीमा उत्पादन लिन सकिने कोदो, गहत, भटमास जस्ता बाली किसानलाई लगाउन प्रोत्साहन गरिने भएको छ ।

खानेपानीको समेत चरम अभाव देखिएपछि प्रभावित क्षेत्रमा आपत्कालीन पानी व्यवस्थापनका पहलहरू समेत समावेश गरिने जनाइएको छ ।

यस वर्ष मधेश प्रदेशमा कुल खेतीयोग्य जमिनको आधा पनि रोपाइँ हुन नसकेको मन्त्रालयले जनाएको छ । अब गरिने रोपाइँबाट पनि पर्याप्त उत्पादन हुने सम्भावना कम देखिएको छ । कृषि विज्ञहरूका अनुसार यो अवस्थामा धान उत्पादनमा आएको गिरावटले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा नकारात्मक असर पार्नेछ ।

गएको वर्ष नेपालमा ५९ लाख मेट्रिक टन धान उत्पादन भएको थियो, जसको एक तिहाइ मात्र मधेश प्रदेशबाट आएको थियो । तर यो वर्ष खडेरीका कारण धान उत्पादनमा ठूलो गिरावट आउने देखिएको छ ।

असार अन्तिम साता मधेश प्रदेश सरकारले आफ्नै तर्फबाट सुक्खा प्रभावित क्षेत्र घोषणा गरिसकेकोमा, अस्ति बुधवार संघीय सरकारले समेत मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा ग¥यो । यस निर्णयपछि प्रभावित क्षेत्रका किसानले राहत, अनुदान र प्राविधिक सहयोग पाउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार