Logo

३ भदौ,काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी कलबहादुर बस्नेत संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेका छन्।

कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने तथा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ घर भएका उनलाई इन्टरपोलको अवुधाबी शाखासँगको समन्वयमा युएईमा पक्राउ गरी नेपाल ल्याइएको हो। केन्द्रीय प्रहरी समाचारकक्षले दिएको जानकारीअनुसार, उनलाई सोमबार नेपाल फिर्ता ल्याइएको हो।

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ

यसैगरी, देशभरका विभिन्न ठाउँबाट प्रतिबन्धित लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर, डडेलधुराको अमरगढी, बर्दियाको बढैयाताल गाउँपालिका, सोही पालिकाको साघुनघारी र गुलरिया नगरपालिका–६ शान्तिटोलबाट रहेका छन्। प्रहरीले उनीहरूको नाम र लागूऔषधको परिमाणबारे थप विवरण सार्वजनिक गरेको छैन।


सम्बन्धित समाचार
भर्खरै