Logo

१७ भदौ, काठमाडौं । लामो समयदेखि छलफलमा रहेको संघीय निजामती सेवा विधेयक अन्ततः राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित भएको छ । मंगलबार बिहान बसेको समितिको बैठकले विधेयकको मस्यौदामाथि दफावार छलफल गरी प्रतिवेदन पास गरेको हो ।

विधेयक पास हुने बाटो खुल्यो

प्रतिनिधि सभाबाट गत असार १४ गते नै पारित भएर राष्ट्रिय सभामा पठाइएको यो विधेयक विधायन समितिमा दफावार छलफलका लागि रोकिएको थियो । आज समितिबाट पास भएसँगै यसले विधेयक ऐनका रूपमा जारी हुने प्रक्रियामा थप गति लिएको छ । समितिले पास गरेको प्रतिवेदनलाई अब आजै बस्ने राष्ट्रिय सभाको पूर्ण बैठकमा पेस गरिने र त्यहाँबाट पनि पारित भएपछि प्रतिनिधि सभामा फिर्ता पठाइने तयारी छ। यसले निजामती सेवामा देखिएको अन्योल अन्त्य गर्ने र कर्मचारीको वृत्तिविकासमा स्पष्ट कानुन निर्माण गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार