Logo


२८ भदौ,वीरगञ्ज । जेनजी आन्दोलनका कारण लामो समयदेखि बन्द रहेका वीरगन्जका निजी तथा आवासीय विद्यालयहरू आइतबार (भदौ २९) देखि पुनः सञ्चालनमा आउने भएका छन्। नेशनल प्याब्सन पर्साका अध्यक्ष सोनालाल सरका अनुसार विद्यालय नियमित रूपमा सञ्चालन गर्ने तयारी पूरा भएको छ।

अध्यक्ष सरले विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्यमा गम्भीर असर पर्ने भएकाले यस्तो निर्णय गरिएको जानकारी दिनुभयो। “लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरूको अध्ययन प्रभावित भएको छ,” उहाँले भन्नुभयो।

जेनजी आन्दोलनपछि वीरगन्जको अवस्था सामान्य बन्दै गएको र बजार, पसल पनि खुलिसकेकाले विद्यालय खोल्ने निर्णय गरिएको नेशनल प्याब्सनले जनाएको छ।

अभिभावक, विद्यार्थी र विद्यालय प्रशासनलाई आइतबारदेखि नियमित रूपमा विद्यालयमा उपस्थित हुन आग्रह गर्दै प्याब्सनले यो कदमले विद्यार्थीहरूको शैक्षिक क्षतिलाई कम गर्ने अपेक्षा राखेको छ।


सम्बन्धित समाचार
भर्खरै